कुमारी बैंकद्धारा सात ग्राहकलाई बचत खाता अन्तर्गतको बीमा रकम हस्तान्तरण
काठमाडौं । कुमारी बैंकले आफ्ना सात जना ग्राहकलाई बीमा सुविधा वापतको भुक्तानी गरेको छ । बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको हो ।
उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई करिब दुई लाख रुपैयाँ बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको जनाएको छ ।
बैंकका अनुसार बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा रहेको छ । साथै, यस बचत योजनामा खातावालालाई निःशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र ईन्टरनेट बैंकिङ सेवा उपलब्ध रहेको बैंकले जनाएको छ ।