दसैंँको लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

१४ आश्विन २०७९, शुक्रबार १३:३७

काठमाडौँ। नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँको लागि अत्यन्तै उपयुक्त छन् ।

कोकाकोला बोतलको लेबलमा भएको क्युर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् । यसको साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्नेछन् ।

उक्त सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले भन्नुभयो, “दसैंँको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैंँमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु । आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ । यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला ।”

यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर श्री आदर्श अवस्थीज्युले भन्नुभयो, “नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैंँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ वहाँँहरुले पनि यी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ ।”

कोका–कोलाले यो वर्षको आफ्नो दसैंँ क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो । “सम्बन्ध उत्सव स्वादसँग” थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*