पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१४ आश्विन २०७९, शुक्रबार ०९:०६

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको पिपुल्स हाइड्रोपावरको आइपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । यसले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० पतिशत अर्थात ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं। ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ३०५ अर्थात ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ ।

यस्तै, लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुले ७०५ अर्थात २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ । रेटिङ एजेन्सी कियर नेपालले पिपुल्सको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*