लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)

१३ आश्विन २०७९, बिहीबार १२:०२

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले आवेदन दिएका हुन् ।

१)नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स
२) स्वदेशी लघु जीवन बीमा
३) जानकी जीवन लघु बीमा
४)नेपाल माइक्रो इन्स्योरेन्स
५) गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स
६) कर्णाली माइक्रो इन्स्योरेन्स
७)एभरेष्ट माइक्रो इन्स्योरेन्स
८)एक्सप्रेस माइक्रो इन्स्योरेन्स
९)ट्रस्ट माइक्रो इन्स्योरेन्स
१०) माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स
११) अल्फा माइक्रो इन्स्योरेन्स
१२) उन्नती माइक्रो लाइफ इन्स्योरेन्स
१३)उन्नती माइक्रो जनरल इन्स्योरेन्स
१४) लुम्बिनी लघु जीवन बीमा
१५) मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स
१६ मुक्तिनाथ माइक्रोलाइफ इन्स्योन्स
१७)गरिमा माईक्रो इन्स्योरेन्स
१८) सिजि लाइफ इन्स्योरेन्स
१९) सिजि इनस्योर
२०)सिजि इन्स्योरेन्स माईक्रो इन्स्योरेन्स
२१)गण्डकी माईक्रो इन्स्योरेन्स
२२) स्टार माईक्रो इन्स्योरेन्स
२३) प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स
२४)केष्स्ट माईक्रो इनस्योरेन्स
२५)लिवर्टी माईक्रो इन्स्योरेन्स
२६)श्री शक्ति लघु जीवन बीमा
२७) कोयर माईक्रो जनरल
२८) अभियान लघुबीमा
२९ हिम शिखर जीवन लघुबीमा
३० सुरक्षा लघु बीमा
३१ स्वर्गद्धारी लघु जीवन बीमा

लघुबीमा प्रति निर्जीवन बीमा कम्पनीहरूको आकर्षण नदेखिएपछि सरकारले लघुबीमाको सीमा नै तोकिदिएको थियो । तर पनि लघुबीमाको पहुँच नबढेको भन्दै सरकारले नै लघुबीमा ल्याउने बाटो खुल्ला गरिदिएको आवेदनमा आज १२ बजेसम्म मात्रै आवेदन खुल्ला रहेको थियो ।

समितिको साउन ३१ गते बसेको संचालक समितिको बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेसँगै समितिलाई लघु बीमा व्यवसाय गर्ने कम्पनीलाई लाईसेन्स दिने बाटो खुलेको हो। सोहि अनुसार समितिले आवेदन आह्वान गरेको थियो । उक्त म्याद आज सकिएको हो ।

बीमा समितिको निर्देशिका अनुसार लघुबीमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ । ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने छ ।

त्यस्तै लगानीकर्ता संगठित संस्था भएमा सोको पूँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने उल्लेख छ । निर्देशिका अनुसार संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पूँजीको पन्ध्र प्रतिशत वा सोभन्दा कम शेयर स्वामित्व हुनु पर्नेछ । प्रस्तावित बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर परिवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत शेयरधनी भएको हुनु नहुने ब्यबस्था निर्देशिकामा छ।

चुक्ता पुँजी प्रस्ताव गर्दा ७५ करोड भन्द कम नहुने गरि प्रस्ताव गर्नु पर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*