लाभांश र मर्जर प्रस्ताव स्वीकृत गर्न गुराँस लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण

१३ आश्विन २०७९, बिहीबार १०:१६

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक ४ गते वार्षिक साधारणसभा डोकेको छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
इन्स्योरेन्सको असोज १२ गते बसेको संञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले समितिबाट पेश भएको यूनियन लाइफ र प्राइम लाइफ सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*