सहारा

कल्पना पौडेल ‘जिज्ञाशु’
१३ आश्विन २०७९, बिहीबार १०:२८

विद्याको मन्दिर विद्यालय जहाँ हजारौँ फूलहरू फक्रिरहेका थिए अनि फूलिरहेका थिए । रितेस तिनै फुल्दै फक्रिदै र ओइलाएर झर्दै गरेका फूलहरू नियालिरहेको थियो । फूलहरूको रस चुस्दै भुर्र उड्दै गरेको पुतली छोप्न यता र उता दगुथ्र्यो । साँच्चै ! प्रकृतिको अनमोल उपहार फूलहरूले बालकदेखि वृद्धासम्म सबैको मन मोहित पारेको हुन्छ । फूलहरूको आ–आफ्नै रङ्ग छ फरक सुगन्ध छ । तिनै फरक रङ्ग र सुगन्धको नसामा भमरा लठ्ठिएको हुन्छ ।

प्रदेशकै नमुना स्कुल ठूलो बगैंचा रङ्गी बिरङ्गी फूलहरूको सौन्दर्यतामा हराउँदा रितेसले आफूलाई बिर्सेको रहेछ ।

ए ! रितेस तिमी यहाँ ट्वाल्ल परि के हेरेर बसेको ? कक्षामा जानु पर्दैन ?’

पछाडिबाट रिताले आवाज दिँदा रितेस झस्कियो ।

पुतली समात्न खोजेको सकिन ।

ल हिँड जाऊँ भन्दै रिता र रितेस कक्षा कोठामा गए ।

सबै विद्यार्थीलाई माया गर्ने गुरुआमा रमिलाले सामाजिक विषय पढाउँदै हुनुहुँदो रहेछ ।

गुरुआमाले रितेसलाई भन्नुभयो, ।।। कक्षा छोडेर बाहिर कहाँ गएको रितेस् ?’

पानी पिउन गएको गुरुआमा रितेसले जवाफ फर्कायो ।

पानी पिउन यतिका समय लाग्छ ?

मैले कति धेरै पाठ पढाइसकँ, म आउनु अघि तिमी कक्षामा थिएनौ ?

रितेसले अकमकिँदै भन्यो, ।।।

गुरुआमा पानी पिएपछि पेट दुखेर शौचालय पनि गएको थिएँ ।’

अनुहार रातो बनाउँदै अर्को झुट थप्यो । गुरुआमाले रितेसको मनोविज्ञान बुझेर होला अनुशासित बन्नुपर्छ है रितेस्, अनि ठूलो र असल मान्छे बन्न सकिन्छ ।

कक्षा छोडेर बाहिर जानु हुँदैन भन्नुभयो ।

सामाजिकको पाठ पढाउनु भयो र अर्को घन्टी बजेपछि भोलिको यो पाठ पढ्नु ।

म भोलि प्रश्न सोध्नेछु, भन्दै कक्षा बाहिर निस्कनुभयो ।

 

 

लेखिका कल्पना पौडेल ‘जिज्ञाशु’ । लेखिका पौडेल नेशनल लाइफ इन्स्योरेन्स बाँके खजुरा शाखा अन्तर्गत उत्कृष्ट व्यवसाय गर्दै आउनु भएकी सिनियर बिजनेश म्यानेजर हुन् ।

कक्षा कोठाबाट रमिला गुरुआमा गएपछि सबै विद्यार्थीहरू आआफ्नै धुनमा थिए । कसैले भर्खरै पढाएको पाठ पढेर छलफल गरिरहेका थिए त कोही होहल्ला मच्याई रहेका थिए । रिता कक्षाकी मनिटर थिइन् । उनले हल्ला गर्नु हँुदैन पहिलो बेन्चका साथीहरूले जस्तै पढाइको बारेमा छलफल गर्ने प्रश्नोत्तर गर्ने गर्नुपर्छ भन्दै पछाडिको बेन्चमा बसेर होहल्ला गर्ने साथीहरूलाई सम्झाउँदै थिइन् । यत्तिकैमा प्रधानाध्यापक ऋषि सर कक्षा कोठामा आइपुग्नु भयो । वचत तथा अनुशासनको बारेमा विद्यार्थीलाई परामर्श गर्नुभयो । अनुशासन विद्यार्थीको गहना हो । अनुशासन भनेको आफ्नो पवित्र आत्माले आफैलाई शासन गर्नु हो । कक्षा कोठा र विद्यालयका आचारसंहिता मान्नु, राज्यले बनाएका नियम कानुनलाई पालना गर्नु अनुशासन हो । अनुशासित विद्यार्थीले मात्र देशको लागि, समाजको लागि, घर परिवारको लागि र आफ्नो लागि ठूलो असल कार्य गरि सफल व्यक्ति बन्न सक्दछ । त्यसैले हामीहरूले अरूलाई ढाँट्न सकिन्छ तर आफ्नो आत्मालाई ढाँट्न सकिँदैन ।

गुरुले, आमाबुबाले र आफ्नाले कहिल्यै गलत बाटो देखाउँदैनन्; सधँै असल र अनुशासित मान्छे बन्ने प्रेरणा प्रदान गर्दछन् । तर हामी आफ्नो आत्मालाई ढाँटिरहेका हुन्छौँ गुरु र आमाबुबाले भनेका कुराहरूलाई बेवास्ता गरिरहेका हुन्छौँ । त्यसैले हामी गलत बाटोतर्फ अगाडि बढेर अनुशासनहीन क्रियाकलाप गरिरहेका हुन्छाँै । जसले हाम्रो जीवनलाई अन्धकारतर्फ धकेलिरहेको हुन्छ । यसैगरी हामीले फजुल खर्च कटौती गरी बचत गर्ने बानीको पनि विकास गर्नु पर्दछ । आज गरेको बचतले भविष्यमा ठूलो खाँचो टर्ने लगायत विभिन्न ज्ञानमूलक र चेतनामूलक अर्र्ती उपदेश दिँदै धेरै कुरा हेड सरले भनिरहनु भएको थियो । कक्षा कोठा सुनसान थियो । मन्त्रमुग्ध भएर सबैले हेड सरका कुरा सुनिरहेका थिए । हेडसरले बिस मिनेट जति आफ्ना कुरा विद्यार्थीलाई सुनाउनु भयो र कक्षा कोठाबाट बाहिरिनु भयो । यो घन्टीमा पढाउने रमेश सर बिदामा भएकोले समयको सदुपयोग गर्न हेडसर आउनुभएको थियो ।

हेडसरका कुराले रितेसलाई झस्कायो । मैले गुरुआमालाई ढाटँे । फूलबारीमा फूलहरुसँग रमाएर पुतली छोप्ने प्रयासमा लामो समय कक्षाकोठा बाहिर बसेर गुरुआमालाई पानी पिउन र पेट दुखेर शौचालय गएको झुठमाथि झुट थप्दै गएँ । एक झुट लुकाउन अरू नयाँ बहाना बनाएँ । मैले त गुरुआमालाई मात्र ढाँटिन । ओहो मैले त आफ्नो आत्मालाई समेत ढाँटेछु भनेर रितेसलाई ठूलो आत्मग्लानी महसुश भयो । अब उप्रान्त आफूले आफूलाई र अरू कसैलाई पनि कदापि नढाट्ने प्रण ग¥यो र कक्षाबाट बाहिर निस्क्यो ।

रमिला गुरुआमालाई यताउता खोज्न थाल्यो । सायद अर्को कक्षामा पढाउन जाँदै हुनुहुन्थ्यो होला बाटोमा भेटिनु भयो । रितेसले गुरुआमाको अघि उभिएर दुई हातले कान समात्यो र आफूले ढाँटेको सबै कुरा बेलिबिस्तार सुनायो । गुरुआमा भावुक भएर भन्नुभयो, ।।। यसरी गरेको गल्ती महसुश गर्ने, क्षमा माग्ने व्यक्तिले कहिल्यै गल्ती दोहो¥याउँदैनन् र अनुशासित बनेर भविष्यमा असल र सफल व्यक्ति बन्दछन् ।’ उहाँले रितेसलाई क्षमा गरिदिनु भयो । रितेस खुशीले गद्गद् हुदैँ कक्षाकोठातर्फ गयो । रितेस र रिता छिमेकी साथी थिए । सँगै खेल्दैखेल्दै घर गए । सधँैको चकचके चुलबुले र बोलीबोलीमा नयाँ बहाना बनाएर बुबाआमालाई ढाँट्ने रितेसको फरक स्वभाव देखेर बुबाआमा दङ्ग परेका थिए, यस्तो परिवर्तन कसरी आयो भनेर । एकदिन बुबाले जिस्काउँदै भन्नुभयो । रितेस ! आजकल त निकै जाती भएको छस् त ! के ओखती खाइस् र ? बल्ल मेरो छोरो ज्ञानी भयो । ठूलो भएर पक्कै केही बन्नेछ ।

रितेसले मुस्कुराउँदै भन्यो,
बुबा म ठूलो भएर डाक्टर बन्ने हो ।’
बनिस् ! डाक्टर ।
किसानको छोरो डाक्टर बन्नी अरे ! के को खर्चले पढ़ाउनी हो बरै ! मेरो सानो जागिरले जसोतसो घर खर्च धानिएको छ ।
थोपाथोपा सँगालेर घैटो भरिन्छ नि बुबा भन्दै रितेस खेल्न गयो ।

 

आज मन सारै आत्तिएको छ । तेरा बा अझैसम्म घर आएनन्, जा त रितेस रिताका बा पनिसँगै शहर गएका थिए । उनी आए कि आएनन ? केही खबर आयो कि ? रितेसकी आमाले सुस्केरा हाल्दै भनिन् । एकछिनमा गाउँले जम्मा भए नराम्रो खबर आयो । शहर गएका रिता र रितेसका बुबाको बस दुर्घटनामा मृत्यु भएछ । गाउँ घरमा रुवाबासी भयो । सबैभन्दा बढी पीडा रिता र रितेसका परिवारलाई भयो । कमाउनी मान्छे नै नरहे पछि परिवार बिचल्लीमा पिरे । दुईचार महिना पछि रितालाई लिएर उनकी आमा माइत गइन् । गारो सारो पर्दा छोरीको सहारा भन्नु नै माइतीघर हुने गर्दछ । चर्खा घुमेजस्तै समय बितेर गयो ।

अहिले रिता चार बच्चाकी आमा बनेकी थिइन् । अभावका कारण पढ्न सकिनन् र अज्ञानताका कारण वर्षैपिच्छे सन्तान जन्माउने मेसिनको रूपमा आफूलाई खडा गरिन् । कमजोरीका कारण असाध्यै बिरामी परिरहने रिता यसपटक शहरबाट नयाँ डाक्टर गाउँमा आएको सुनेर जँचाउन गइन् । निःशुल्क स्वास्थ्य शिविर रहेछ । खुसी हुँदै डाक्टर भएको क्याबिनमा पसिन् । उनी छक्क परिन् डाक्टर अरू कोही नभएर बाल्यकालको साथी रितेस पो रहेछ । रितेसलाई देख्नासाथ उनले चिनिन् तर रितेसले रितालाई चिन्न सकेन । लामो समयको अन्तरालमा भेट भएको थियो । उनी दुःखले गर्दा उमेरभन्दा बढी बुढी देखिन्थिन् । रिताले आफूलाई चिनाउँदै सोधिन, रितेस हाम्रो परिवारको बिचल्ली पछी म मामाघर गएँ । तिमी कसरी आज डाक्टर बन्यौ ? आखिर बिचल्लीमा त हाम्रो दुवै परिवार परेको थियो नि ?’

 

बस न रिता कुर्चीमा म सबै कुरा विस्तारमा भन्नेछु । यत्तिका बर्षपछि बाल्यकालको साथी भेटेर सारै मन खुशी भएको छ, भन्दै कुर्ची अगाडि सारिदियो रितेसले ।

बुवाले आफू प्रस्तावक बसेर वचत र सुरक्षाको लागि मेरो जीवन बिमा गरिदिनु भएको रहेछ । बुबाको दुर्घटनामा मृत्यु भएपछी मलाई बिमा गरेवापत आउने सेवा सुविधाले मेरो भरणपोषण र उच्च शिक्षासम्म अध्ययन गराउनको लागि मेरो आमालाई कुनै आर्थिक अभाव झेल्नु परेन । जसले गर्दा आज म डाक्टर बनेर आफ्नै गाउँ समाजको सेवा गर्ने अवसर पाएँ ।

रितेसका कुरा सुनेर रिताका आखाँ रसाए । मनमनै सोचिन् रितेसका बुबाले जस्तै मेरो बुबाले पनि आफू प्रस्तावक बसी मेरो जीवन बीमा गराई दिनुभएको भए म पनि रितेसजस्तै धेरै पढेर आत्मनिर्भर बन्ने थिएँ होला ! तर के गर्नु दुःखै दुःखको सागरमा डुब्न लेखेको रहेछ । आर्थिक अभावले गर्दा पढ्न् पनि पाइन । सानैमा बिहे गरिदिए । विरोध गर्ने चेतना पलाएन, जब बुझ्ने भए पश्चातापको आगोमा जल्दैछु । भन्दै सारीको सप्कोले आसुँ पुछिन् । रितेसले उनको स्वास्थ परीक्षण गरी औषधी दियो । रिताले धन्यवाद फर्काइन् र फेरि भेट्ने बाचासहित बाहिर निस्किईन् ।

(प्रस्तुत कथा साहित्यकार कल्पना पौडेल जिज्ञाशुले हालै प्रकाशन गर्नु भएको कल्पदिप नामक कथा संग्रहबाट बीमा सम्बन्धी सचेतनामा सहयोग पुग्ने हेतुले साभार गरिएको हो । लेखिका पौडेलका आधा दर्जन जति कृतिहरु प्रकाशित भइसकेको छ ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*