बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयको शुभकामना आदन प्रदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयले दशैंकको शुभकामना आदन प्रदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कार्यालको आयोजनामा विजयादशमी अवसर बीमा कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
शुभकामना तथा अन्तरक्रिया कार्यक्रम बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारी तथा सहायक निर्देशक दिपक ज्ञवाली र सुदूरपश्चिम स्थित बीमा कम्पनीहरुका प्रतिनिधित्वहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।
शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालय उद्घाटन समारोहलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद सहित विजयादशमी, शुभदिपावली तथा छठ पर्वको शुभकामना दिएका थिए ।
त्यस्तै, सोही कार्यक्रममा सहायक निर्देशक दिपक ज्ञवालीले सहभागीहरु सबैलाई स्वागत गर्दै सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए भने प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले पुनः सबैलाई शुभकामना दिएर कार्यक्रमको समापन गरेका थिए ।