सनराइज क्यापिटलले नगद लाभांश वितरण गर्ने

१२ आश्विन २०७९, बुधबार १८:५७

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले नगद लाभांस वितरण गर्ने भएको छ । संचालक समितिको असोज ११ बसेको १२३ आं बैठकबाट कम्पनीको आर्थिक वर्ष २०७८।२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौ बार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।

कम्पनीले हाल शेयर निष्काशन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी ब्यवस्थापन सेवा, शेयर प्रत्यभुति लगायत सनराईज सामुहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्युचुअल फण्ड र सनराईज ब्लूचीप फण्ड गरी २ वटा बन्दमुखी योजना संचालन गरी आएको छ भने निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भए पश्चात थप १ बन्दमुखी सनराईज फोकस्ड इक्यूटि फण्ड संचालन गर्ने योजना रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*