सूर्या लाइफले शेयरधनीहरुलाई लाभांश नदिने, जगेडा कोषमा रकम जम्मा गर्ने

११ आश्विन २०७९, मंगलवार १०:४१

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्र भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीको वित्तिय विवरण अनुसार आ.व. २०७७/०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट शेयरधनी हरुलाई लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय भएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*