सिक्लेस हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, साढे १४ लाखको हात खाली
११ आश्विन २०७९, मंगलवार ०६:००
काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ आज बिहान ९ बजे बाँडफाँड हुँदैछ । आइपीओ बाँडफाँड आज क्यापिटलकै कार्यालय नारायणचौर काठमाडौंमा बाँडफाँड हुने कम्पनीको बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ।
कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन दिएका छन् । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।मागभन्दा बढी आवेदन परेकोले आइपीओ बाँडफाँड गोलाप्रथाद्धारा नै हुनेछ । कम्पनीले कुल कित्ता मध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।
यसअनुसार १ लाख ५ हजार ८०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी १४ लाख ३२ हजार ५८३ जनाको हात रित्तो हुनेछ ।