लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्दै सानिमा जनरल र जनरल इन्स्योरेन्स

११ आश्विन २०७९, मंगलवार ०५:०९

काठमाडौं । आज बस्ने विशेष साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएपछि सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले आगामी कार्तिक ७ गते लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

मर्जर कमिटिका सदस्यले दिएको जानकारी अनुसार आज बस्ने विशेष साधारणसभाले मर्जर सम्बन्धी अन्तिम सम्झौतालाई पारित गरेसँगै एकीकृत कारोबार सम्बन्धी प्रक्रिया सुरु हुनेछ । बीमा समितिबाट दशैं अगाडि नै मर्जर सम्बन्धी अन्तिम स्वीकृत प्राप्त गरी सेबोन र नेपाल स्टक एक्सचेन्जमा एकीकृत कारोबार सम्बन्धी प्रक्रिया सुरु हुनेछ ।

त्यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अनुमति लिई कार्तिक ७ गते लक्ष्मी पुजाको दिनमा एकीकृत कारोबार सुरु गर्ने गरी काम भइरहेको सानिमा जनरल इन्स्योरेन्स कम्पनी सम्बद्ध अधिकारीले बीमापोष्टलाई जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*