एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने, स्वाप रेसियो कति?
काठमाडौं । एनसीसी र कुमारी बैंकको मर्जरका लागि सम्झौता भएको छ । आज एक कार्यक्रबीच दुई बैंकबीच मर्जरमा जाने सम्बन्धी सम्झौता भएको हो । यसअघि माछापुच्छ्र्रे बैंक र अन्य बैंकसँग छलफल भएपनि कुमारी बैंकसँग मर्जर सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकले गत साता मात्रै एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएका थियो । दुई बैंकबीच केही विषयमा भने अनौपचारिक छलफल भने भईरहेको थियो ।
सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। दुई बैंकबीच १ः१ को स्वाप रेसियोमा जानेगरी सम्झौता भएको हो। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।
कुमारी र एनसीसीको १ः१ अनुपातको लागि मर्जरमा जान लागेको हो । दुई बैंक १ः१ स्वाप रोसियोमा मर्जरमा जान लागेको हो । मर्जरपछि बैंकको नाम कुमारी बैंक रहनेछ भने हाल एनसीसी बैंकको सिईओ रमेश राज अर्याल बैंकको सिईओ बन्ने आजको संचालक समितिको मर्जर कमिटिको सहमती भएको छ ।
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरूलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।