रेमिट्यान्स निक्षेपको नाममा अचाक्ली महंगो ब्याजदर, कारवाही गर्दै राष्ट्र बैंक

१० आश्विन २०७९, सोमबार १३:१६

काठमाडौं । बैंकहरुले रेमिट्यान्समा ब्याजदरमा लापरवाही गरेसँगै राष्ट्र बैंकले कडाई गर्ने भएको छ । बैंकहरुले रेमिट्यान्स ब्याजदरमा निर्धारण मनलाग्दी बढाएसँगै राष्ट्र बैंकले कडाई गर्ने भएको हो ।बैंकहरुले आफूखुसी ब्याज दिएर विभिन्न नामका रेमिट्यान्स मुद्धतीमा देखाएको भेटिएपछि केन्द्रीय बैंकले थप कडाई गर्ने भएको छ ।

बैंकहरुले असोज १ गतेदेखि लागु हुने गरि समय निक्षेप बढाउने नाममा बैंक तथा वित्तीय संस्थाहरूले रेमिट्यान्स निक्षेपमा उच्च ब्याज दिइरहेका छन् । सर्वसाधारणका मुद्दतीमा हाल वाणिज्य बैंकहरूले अधिकतम १२.१३३ सम्म प्रतिशत ब्याज दिएका छन् । रेमिट्यान्स बचतमा न्यूनतम १ प्रतिशत फरक देखाउनुपर्ने व्यवस्था रहेको भन्दै मनलाग्दी ब्याज लिएको भोटिएमा छ।

असोजमा सार्वजनिक ब्याजदर अनुसार बैंकहरुले अधिकतम रेमिट्यान्स निक्षेपको मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । अन्य बैंकको ग्राहक तान्न र अन्य रकमलाई रेमिट्यान्स भनेर बढी ब्याज पाउनका लागि ठूला बैंक नै गलत अभ्यास गरिरहेको गुनासो बैंकर्सहरुले नै गरेका छन् । अहिले ठूला भनिएका बैंकबाटै यस्तो बदमासी हुन थालेपछि प्रतिस्पर्धी बैंकर्सको गुनासो रहेको छ ।

सरकारले विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि साधारण बचतभन्दा एक प्रतिशत बढी ब्याज दिने गरि रेमिट्यान्स खाता खोल्न पाइने व्यवस्था गरिएको छ । तर, उक्त खातामा विदेशबाट आएको रेमिट्यान्सभन्दा पनि नेपालको रकम नै जम्मा गर्ने गरेको बैंकर्सहरुले गुनासो गरेका हुन । अन्य बचत खातामा भन्दा रेमिट्यान्स खातामा १ प्रतिशत ब्याज थप दिन पाइन्छ ।

‘बैंकहरूले जस्तोसुकै रकमलाई पनि रेमिट्यान्स मानेर उच्च ब्याज दिइरहेको भन्ने सुन्नमा आएको छ,’ केन्द्रिय बैंकका एक अधिकारीले बताए । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने छलफलमा छौ, ‘चाँडौ नै यसमा लगाम लगाउने छौ’ ती अधिकारीले भने।

अन्य निक्षेपमा भन्दा रेमिट्यान्स खाताको ब्याजदर उच्च भएकाले आफू निकट निक्षेपकर्तालाई रेमिट्यान्स खाता खोलेर रकम राख्न आग्रह गरिरहेको सूचना आएको केन्द्रीय बैंकका ती अधिकारीले भने । अहिलेसम्म रेमिट्यान्स खाता नभएको व्यक्ति पनि बैंकमा गएर रेमिट्यान्स खातामा आफ्नो निक्षेप परिणत गरिरहेको र त्यसलाई बैंकरहरूले सहजीकरण (फेसिलिटेट) गरिररहेको बुझाईमा केन्द्रीय बैंक छ ।
यता बैंकर्सहरु राष्ट्र बैंकले आफूहरुलाई अप्ठ्यारोमा पारेको बताँउछन् । प्रिमियमबाट लिईसकेको रकम ग्राहकलाई फिर्ता दिन र रेमिट्यान्स मुद्धती निक्षेपमा एक जनाले गरेको गलत कार्यमा सबै बैंकहरुलाई चेतावनी दिएको बताउँछन् । पछिल्लो समय ठूला व्यक्तिगत निक्षेपकर्ताहरूले बढी ब्याज नदिए फिर्ता लैजाने धम्की आएको समेत उनीहरुको धारणा रहेको छ ।

केन्द्रीय बैंकले बजार औसतको अधिकतम १० प्रतिशत मात्रै ब्याज बढाउन पाउने व्यवस्था गरे पनि रेमिट्यान्स ब्याजको हकमा त्यस्तो व्यवस्था छैन । त्यही भएर बैंकहरूले असोजको ब्याजदर प्रकाशित गर्दा रेमिट्यान्सको ब्याज उच्च बनाएका थिए ।

उक्त ब्याजदर धेरै नै भएको भन्दै असोज १ गतेदेखि लागु गरिएको ब्याजदरमा पुनः घटाएर ब्याजदर सार्वजनिक गरिएको थियो । रेमिट्यान्स ब्याज बढाउँदा वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रोत्साहन हुने अपेक्षा गरिएको थियो । तर, पहुँचवाला निक्षेपकर्ताहरू रेमिट्यान्स निक्षेपमा रकम राखेर सोहीअनुसार ब्याज दिन थालेका छन् ।

राष्ट्र बैंकले रेमिट्यान्स खाताको विषयमा राष्ट्र बैंकले बैंकहरुसँग तथ्यांक पनि माग गरिसकेको छ । अब सोही तथ्याङ्कको आधारमा कारवाही हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*