ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं बार्षिकोत्सव सम्पन्न, पाँच वर्षमा सात अर्ब रुपैयाँको कोष

९ आश्विन २०७९, आईतवार २१:३८

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शनिबार आफ्नो छैठौं वार्षिकोत्वस भव्यताका साथ मनाएको छ । तर, ज्योति लाइफ इन्स्योरेन्सको लागि यो नै अन्तिम बार्षिकोत्सव हुनसक्नेछ । मर्जर सफल भएमा कम्पनीले अर्को सूर्या लाइफ इन्स्योरेन्सको बार्षिकोत्सवलाई स्थापना दिवसलाई आफ्नो बार्षिकोत्सवको रुपमा मनाउनेछ । सूर्या लाइफ र ज्योति लाइफका बीचमा मर्जर सम्झौता भइसकेको छ । चालु आवभित्रैमा मर्जर प्रक्रिया सम्पन्न हुने सञ्चालकहरुले जनाएका छन् ।

२०७४ साल असोज ८ गतेबाट बीमा सेवा सुरुवात गरेको ज्योति लाइफले यसअघि अवधीमा जीवन बीमाको दीगो विकास लक्ष्य पछ्याउँदै अघि बढिरहेको छ । छैठौं बार्षिकोत्सवको अवसरमा ज्योति लाइफले आफ्ना सबै लगानीकर्ता, अभिकर्ता, कर्मचारीहरुमा शुभकामना ज्ञापन गरेको छ ।

ज्योति लाइफले पाँच वर्षको अवधीमा आफूलाई अब्बल कम्पनीको परिचय बनाउन सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा जीवन बीमा कोषमा छ अर्ब ३४ करोड ६२ लाख ४० हजार ८४६ रुपैयाँ जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ । कम्पनीको जगेडा कोष, महाविपत्ति कोष सहित कूल कोषको आकार सात अर्ब २३ करोड ३१ लाख ७५ हजार ७४ रुपैयाँ जम्मा गर्न सफल भएको छ । कम्पनीसँग कूल ९६ हजार ७८३ वटा बीमा पोलिसी कायम रहेको छ ।

ज्योति लाइफको लोभलाग्दो प्रगति मर्जरपछि सूर्या लाइफसँगको सहकार्यमा अझै अब्बल बन्ने विश्वास लिइएको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*