बीमा समितिको आईआरएमआईएस सर्भर अवरुद्ध, हेटौंडास्थित डाटा सेन्टरमा आगो लाग्दा सर्भर डाउन

९ आश्विन २०७९, आईतवार १८:४८

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा दिउँसो आगलागी हुँदा बीमा समितिको रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) सेवा अवरूद्ध भएको छ । सेन्टरको विद्युत् गृह अर्थात् ब्याट्री ब्याकअपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिईसकेको छ । मकवानपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेका अनुसार आज दिँउसो ३ बजेदेखि भएको आगलागिमा क्षतीको अन्तिम विवरण भने आईपुगीसकेको छैन ।

सेन्टरको विद्युत् गृहमा ३ बजेदेखि आगलागि भएपनि बीमा समितिको सेवामा भने साढे २ बजेदेखि इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम(आईआरएमआईएस)मा समस्या देखिन थालेको बीमा समितिले जनाएको छ । आज दिउँसो साढे २ बजेदेखि सेवा अवरूद्ध भएको थियो । समितिलाई भोलि कार्यालय खोल्ने अवधिसम्ममा समस्याको समाधान हुने आश्वासन दिएको सेन्टरको विद्युत् गृहले जानकारी दिएको छ ।

त्यस्तै, समितिले गत आर्थिक बर्षदेखि आईआरएमआईएस मार्फत ईजाजतपत्र दिने र लाईसेन्स नविकरण गर्ने समेत व्यवस्था गरिएको थियो । जसको कारण आज आवेदन दिने अधिकाशले समितिमा गुनासो समेत गरेका थिए । बीमकहरुले त्रैमासिक वित्तीय विवरण, बार्षिक प्रतिवेदन लगाएतका सम्पूर्ण विवरण तथा अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभै उक्त सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट पठाउने गरेका छन् ।

उक्त सफ्टवेयरमार्फत बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ, वित्तीय लेखापरिक्षण, सूचना प्रविधि सम्बन्धी विवरण, स्थलगत सुरपरिवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, अभिकर्ता इजाजत लगायतका सम्पूर्ण विवरणहरु बीमा समितिले प्राप्त गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*