ब्याजदर घटाउने अर्थमन्त्री शर्माको निर्णय, बाबुराम सुवेदीको संयोजकत्वमा बन्यो कमिटी

९ आश्विन २०७९, आईतवार १७:४४

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले ब्याजदरमा बिषयमा अध्ययन गर्न कमिटी नै खडा गरेको छ । अर्थमन्त्री शर्माले आज विभिन्न सरोकार पक्षहरुसँग बसेको बैठकका अनुसार बैंकले आफूखुशी ब्याजदर बढाउने सम्बन्धमा हस्तक्षेप गर्नेगरी कमिटी खडा गरेको हो। बैंकहरूले असोजदेखि लागू हुनेगरीे ब्याजदर बढाएका थिए । बैंकहरूले बढाएको ब्याजदरका विषयमा राष्ट्र बैंकले कुनै पनि हस्तक्षेप नगरेको भन्दै व्यवसायीले अर्थमन्त्रीलाई उकासेका थिए। चुनावको मुखमा व्यवसायीलाई खुसी पार्नका लागि अर्थमन्त्रीले शर्माले ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ सचिवको नेतृत्वमा अध्ययन समिति बनाएको बैंकर्सहरुले जनाएको छ ।

खुला बजार प्रणालीमा बैंकहरूले स्वचालित रुपमा ब्याजदर निर्धारण गरेका हुन्। यसरी बढेको ब्याजदरका बारेमा नीतिगत तथा मौखिक निर्देशन दिनै परे पनि नेपाल राष्ट्र बैंकको क्षेत्राधिकार हो। तर अर्थमन्त्री शर्माले यही विषयमा अध्ययन गर्न सिधै माथिबाट समिति बनाएका हुन्।

आज अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिव, राष्ट्र बैंकका प्रतिनिधि, उद्योगी, व्यवसायी, बैंकर सहित छलफल भएको थियो । छलफलमा असोज १ देखि लागू हुने गरी बैंकर्स संघले ब्याजदर बारेको भद्र सहमति खारेज गरेको विषयमा कुराकानी भएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

छलफलपछि अर्थमन्त्री शर्माले मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख बाबुराम सुवेदीको संयोजकत्वमा कमिटी बनाएका छन् ।

कमिटीमा राष्ट्र बैंकबाट १ जना प्रतिनिधि, बैंकर्स संघबाट २ जना प्रतिनिधि, वाणिज्य मन्त्रालयबाट १ जना प्रतिनिधि र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शबाट एक एक जना प्रतिनिधि रहने छन् ।

अर्थमन्त्रालयबम उपसचिव सदस्य सचिव रहने गरी कमिटी बनाइएको छ । यो कमिटीले अध्ययन प्रतिवेदन बुझाउन ५ दिनको समय पाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले आफ्नो तर्फबाट कसलाई प्रतिनिधि पठाउने भन्नेबारे एक दुई दिनमै टुंगो लगाउने बताइएको छ ।

अहिले ब्याजको दर बढ्दा ऋणीमाथि आर्थिक भार बढेपनि बढ्दो मुद्रास्फिती अर्थात् बढ्दो महंगी रोक्नलाई कुनै पनि देशको केन्द्रिय बैंकले ब्याजदर बढाउने गर्दछन। अर्थमन्त्री शर्माले विश्वब्यापी सिद्दान्त विपरितको काम गरेको एक बैंकका सिईओले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*