के तपाई सामुदायिक बिद्यालयको शिक्षक हुनुहुन्छ ? अब अनलाईनबाटै भुक्तानी गर्न सक्नुहुन्छ जीवन बीमाको रकम

९ आश्विन २०७९, आईतवार १६:२३

काठमाडौ । नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकहरुले सावधिक जीबन बीमा योजना अन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । यो भन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो ।

बिद्युतिय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्ष्यित गरी कोषले यस्तो सुविधा यस अघिनै सुरु गरेको हो । शिक्षकहरुले यो सुबिधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक बितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय, बिद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ ।

शिक्षकहरुमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यामिक बिद्यालय ललितपुरका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेलले बताएका छन् ।

उनले यस्तो सेवाबाट कागज रहित कार्यको बिकास भएको प्रतिक्रिया दिएका छन् । कोषको प्रणालीले प्रदान गरेको सबमिसन नंम्वरको आधारमा कट्टी रकम दाखिला गर्ने सुबिधा मुलुकभरका सबै क बर्गका बाणिज्य बैंकहरुमा रहेको हुँदा सम्बन्धित कार्यालय, बिद्यालयहरुले आ–आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन ।

फाँटवारी पठाउने तरिकाको तालिम कोषले दैनिक रुपमा संचालन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*