गण्डकी प्रदेशस्तरीय तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ नबिल बैंक र महिलातर्फ लक्ष्मी बैंक बिजेता

९ आश्विन २०७९, आईतवार १३:२१

काठमाडौं । राष्ट्र बैंक कर्मचारी संघ पोखराद्धारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिता–२०७९ को तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३८ समूह र महिला तर्फ ११ समूह गरी कुल ४९ समूहको सहभागिता रहेको थियो ।

पोखराको गणेश टोलस्थित स्पोर्ट्स क्यासलको फुटसल मैदानमा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता असोज ७ र ८ गते गरी दुईदिनसम्म चलेको थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र प्रतियोगिताको प्रमुख अतिथि रहेका थिए । साथै उक्त प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्सबीच मैत्रीपूर्ण खेल समेत संचालन भएको थियो ।

प्रतियोगितको फाइनल खेलमा पुरुष समूहतर्फ नबिल बैंक लिमिटेडले सिद्धार्थ बैंक लिमिटेडलाई ट्राईब्रेकरमा हराउँदै तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिताको बिजेता बनेको छ । त्यसैगरी लक्ष्मी बैंक लिमिटेडको फाइनल खेलमा मेगा बैंक लिमिटेडलाई १–० गोलले हराउँदै प्रतियोगिताको महिला समूह तर्फ बिजेता बन्न सफल भएको छ ।

प्रतियोगिताको पुरुषतर्फ सिद्धार्थ बैंकका अमित लम्साल, नबिल बैंकको फडेन्द्र जङ गुरुङ र अमित पौडेलले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् भने महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ, मेगा बैंककी तृष्णा प्रधान र पोखरा फाइनान्सकी स्मृति आले मगरले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् ।

प्रतियोगिताको पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, केन्द्रीय सचिव कृष्ण प्रसाद खराल, सचिवालय सदस्य तुल्सीराम बाँनिया, केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल राष्ट्र बैंक पोखराका उप निर्देशक पुष्कर सुर्खाली, उप निर्देशक प्रतिभा अधिकारी, बैंकर्स एसोशियसन गण्डकी प्रदेश कमिटिका संयोजक समिर के.सी., डेभलपमेन्ट बैंकर्स एशोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर के.सी. को उपस्थिति रहेको थियो ।

उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए भने संचालक सचिव जितेन्द्रराज शाक्यले गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*