नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तालिम तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

९ आश्विन २०७९, आईतवार १३:०४

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा पुनर्ताजगी तालिम तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको बनेपा शाखाले आयोजना गरेको उक्त पुनर्ताजगी कार्यक्रम हिजो सम्पन्न भएको हो ।

कार्यक्रमको सभापतित्व राम कुमार कार्की ( पेशागत अभिकर्ता सघ बिमक समिती नेपाल लाइफ ) बनेपा अध्यक्षले गरेका थिए । त्यस्तै, कार्यक्रम स्वागत मन्तव्य भने कम्पनीका एजेन्सी म्यानेनजर टिकानारायण श्रेष्ठले गरेका थिए ।

कम्पनीमा भक्तपुरको क्षेत्रीय कार्यालयका प्रमुख दिवाकर बरालको प्रमुख अतिथ्यतामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम र विजया दशमीको शुभकामना आदनप्रदान गरिएको थियो । ६० जना अभिकर्ताहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको संचालन कम्पनीका शाखा प्रमुख राजेश लुईँटेलले गरेका थिए । कम्पनीको बनेपा शाखाले यसअघि पनि बीमा अभिकर्ताहरुले उत्प्ररेणाको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेका थिए। कार्यक्रममा उपस्थित अभिकर्ताहरुले कार्यक्रम निकै फलदायी भएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*