जन्मदिनको अवसरमा एलआइसी नेपालको २० लाखको बीमा पोलिसी उपहार

९ आश्विन २०७९, आईतवार १२:५२

काठमाडौं । शुभम् सुनचाँदी पसल आँबुखैरेनीका संचालक हरिचन्द्र वि.क.ले आफ्नी श्रीमति सावित्रा सुनारलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको समयमा हरिचन्द्रले आफ्नी श्रीमति सावित्रा सावित्रा सुनारलाई जन्मदिनको अवसरमा बीमा उपहार दिएका हुन् ।

आँबुखैरेनी गाउँपलिका वडा नं. २ का हरिचन्द्रले श्रीमतीलाई जन्मदिनको अवसरमा उपहारस्वरुप एलआइसी नेपालमा २० लाख रुपैयाँको बीमा गराईदिएका हुन् । हरिचन्द्रले एलआइसी नेपाल गोरखा शाखाका एजेन्सी म्यानेजर इश्वर बहादुर थापामार्फत एलआइसी नेपालको पोलिसी खरिद गरिदिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*