नयाँ पाँच प्रादेशिक कार्यालयका लागि बीमा समितिले इलेक्ट्रोनिक गाडी खरिद गर्दै
७ आश्विन २०७९, शुक्रबार १६:४६
काठमाडौं । बीमा समितिले पाँच प्रदेशमा रहेका प्रादेशिक कार्यालय प्रयोजनका लागि ५ वटा सवारी साधन खरिद गर्ने भएको छ । समितिले एक सूचना प्रकाशित गर्दै इलेक्ट्रोनिक्स विडिङबाट सवारी साधन आपूर्ति गर्ने जनाएको हो ।
समितिले 4WD SUV-1 र Hatchback Car-4 गरी दुई मोडलको सवारी खरिद गर्ने जनाएको छ । बीमा समितिले हालसम्म तीनवटा प्रादेशिक कार्यालय संचालनमा ल्याइसकेको छ, जसमध्ये सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक कार्यालय उद्धाटन गरिसकेको छ ।
समितिले हाल ५ थान सवारी खरिद गर्न लागेकोले इच्छुक डिलरशिप प्राप्त फर्म, संस्था वा कम्पनीसँग रितपूर्वकको छुट्टाछुट्दै इलेक्ट्रोनिक्स विडिङ आह्वान गरेको हो ।