अजोड इन्स्योरेन्सले प्राइस कटिङ, कमिशन, उपहार र खर्च व्यवस्थापनमार्फत बीमा शुल्क फिर्ता

७ आश्विन २०७९, शुक्रबार ०७:२७

काठमाडौं । तुलनात्मक रुपमा नयाँ निर्जीवन बीमा कम्पनीहरु मध्येमा आफूलाई राम्रो उत्कृष्ट दावी गर्ने अजोड इन्स्योरेन्स कम्पनीले प्राइस कटिङ गर्दै बीमा संकलन गरेर अन्य प्रतिस्पर्धी बीमा कम्पनीहरुलाई दुःख र हैरानी दिएको गुनासो सुनिन थालेको छ ।

नयाँ कम्पनीमध्येमा आफूलाई उत्कृष्ट र सबैभन्दा बढि व्यवसाय गर्र्ने कम्पनीको रुपमा परिचय बनाउँदै आएको अजोड इन्स्योरेन्स कम्पनीले बीमा पोलिसीमै नभई घुमाउरोबाटोबाट प्राइस कटिङ गर्दै आएको खुलेको छ ।

कम्पनीले मुख्य रुपमा मोटर बीमा तथा अन्य ठूला बीमा पोलिसीहरुमा विभिन्न नाममा क्यास ब्याक दिने गरेको पाइएको छ । ठूला बीमा पोलिसी काट्नेहरुलाई बीमा कम्पनीलाई बिल प्राप्त हुने गरी सो कार्यमा संलग्न व्यक्तिलाई उपहार तथा कमिशन बापतको रकम नगदै दिने गरेकाले बीमा व्यवसाय अत्यन्तै अस्वस्थ र घीनलाग्दो हुँदै गएको आम गुनासो छ ।

एक बीमा कम्पनीमा कार्र्यरत कर्मचारीले भने, ‘बीमा बजार अत्यन्तै अस्वस्थकर प्रतिस्पर्धामा उत्रिएको छ । अजोड इन्स्योरेन्स कम्पनीले अर्काको व्यवसाय खोस्न कमिशन वा उपहार तथा छुट्टै बिलमार्फत भुक्तानी दिएर हैरान पारिरहेको छ ।’

हुन पनि अजोड इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च निकै उच्च छ । गत आवमा कम्पनीले ३० करोड ५५ लाख रुपैयाँ व्यवस्थापन खर्च मात्रै गरेको छ । अघिल्लो आवमा २२ करोड व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा ३५ प्रतिशत व्यवस्थापन खर्च बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*