बीमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा

६ आश्विन २०७९, बिहीबार १६:५५

काठमाडौं । बीमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । राष्ट्रपतिले विधेयकलाई लालमोहर लगाए पछि ऐन बन्नेछ । एने बनेपछि बीमा प्राधिकरणमा रुपमा रुपान्तरण हुनेछ ।

बीमा विधेयकका ऐन संशोधन गरि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर बिहीवार राष्ट्रपति कार्यालय पठाएका हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो।बीमा विधेयकहरु राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछन् ।

चार वर्ष पछि बीमा बिधेयक प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै अब लालमोहरका लागि राष्ट्रपति कार्यालयमा पुगेको हो ।राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक कानूनको रुपमा कार्यान्यनमा आउनेछ। बीमा विधेयक कार्यान्वयनमा आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने व्यवस्था छ। समितिले बीमा विधेयक चाँडै कार्यान्वयनमा ल्याउने जानकारी दिएको छ। विधेयक कार्यान्वयनमा आएपछि बीमा समिति प्राधिकरण बन्ने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*