दुर्गम बस्तीसम्म बीमा सम्बन्धी जनचेतना फैलाउदै मधेश प्रदेश बीमा समिति

५ आश्विन २०७९, बुधबार २२:१८

काठमाडौं ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तरक्रिया कार्यक्रम पर्सा जिल्लाको ग्रामिण भुभाग साथै भारतिय सिमानामा पर्ने पकहाँमैनपुर गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको सभापतित्व समितिको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकि थिईन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पकहाँमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद रहनु भएको थियो भने अतिथिका रुपमा उक्त गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा र प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदी रहेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य समितिका सहायक निर्देशक कालिकान्त झाले गरेको थिए ।

यस कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र निर्वाचित सदस्यहरु, पालिकाका कर्मचारीहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहभागि भएका थिए ।

उक्त कार्यक्रममा ७० भन्दा बढिको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बीमा र बीमा समितिको बारेमा बीमा समितिका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण दिएकि थिईन् ।

साथै उक्त कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बिमकको प्रतिनिधिको तर्फबाट प्रभात बहादुर क्षेत्रीले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट सुरेश कुमार गुप्ताले आफ्रनो भनाई राख्नु भएको थियो ।

उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानाकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी नभएको र यस कार्यक्रमले हामीलाई धेरै किसिमको चेतना भएको र बीमा त हामै्र सुरक्षाको लागि आवश्यक रहेछ ।

आगामी दिनहरुमा आफ्रना पशुपन्छीहरुको बीमा गर्ने कुरा राख्नु भएको थिया । साथै गाउँपालिकाका कुषि अधिकृतले यस क्षेत्रमा बीमा कम्पनीहरु कुनै पनि नआएको गुनासो गर्नु भएको थियो । उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले पर्सा जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने त्यस कम्पनीलाई कम्तीमा महिनाको एक पटक उक्त पालिकामा पुगेर काम गर्न र बीमाका सम्बन्धमा कृषकहरुलाई जानाकारी गराउनका लागि निर्देशन दिनुभएको थियो ।

साथै उक्त कार्यक्रममा पालिकाका अध्यक्षले यो कार्यक्रम निकै नै महत्वपूर्ण रहेको र यसका लागि पालिकाले कसरी सहयोग गरेर बढि भन्दा बढिलाई सुरक्षित गर्न सकिन्छ त्यसका लागि पालिका तयार रहेको र आगामी बर्ष देखि बजेटको व्यवस्था मिलाई बीमा सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने र अहिले पनि कसरी हुन्छ बजेटको व्यवस्था गरि यस पालिकाका व्यक्ति तथा सम्पत्तीको सुरक्षा तथा संरक्षण गर्नका लागि पहल गरिने धारणा राख्नु भएको थियो ।

साथै उनले आफ्रनो पालिका भित्र रहेको कच्चि घरहरुलाई समेत बीमा गराएर मानिसहरुलाई सुरक्षित रहने वातावरण सृजना गराउने कुरा राख्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म वडा वडा सम्म पुग्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको समापन समितिका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*