सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जनचेतना कार्यक्रम सम्पन्न

५ आश्विन २०७९, बुधबार १३:५३

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५औं वार्षिकोत्वसको अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले यहि असोज ५ गते धनगढी–७, कैलालीस्थित राष्ट्रिय माध्यामिक बिधालयमा अध्यनरत कक्षा ११ र १२ का करिव ८० जना बिधार्थीहरु र उक्त बिधालयमा कार्यरत शिक्षक, शिक्षिकाहरुबिच बीमा जनचेतना सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

साथै उक्त बीमा जनचेतना सम्बन्धि अन्तक्रिया कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*