नेप्सेमा सूर्या लाइफको बोनस शेयर सूचिकृत
२४ बैशाख २०७८, शुक्रबार १२:३८
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । इन्स्योरेन्सले लाभांश वापत वितरण गरेको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको साधारण सभाबाट पारित भएको कुल चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ ।