नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

३ आश्विन २०७९, सोमबार १६:१२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुर्घटना मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्समा ५० हजार रुपैयाँ बीमाङ्कको जीवन बीमा गराएका बीमित मोहन लाल चौधरीको गत असार ३ गते आफ्नै करेसा बारीमा पानी सिँचाई गर्ने क्रममा करेन्ट लागि मृत्यु भएकोमा कम्पनीले बीमा दाबी वापतको रकम हकवालालाई हस्तान्तरण गरेको हो ।

कम्पनीले चौधरीकी श्रीमती बिन्ती चौधरीलाई बिमाङ्क रकम ५० हजार रुपैयाँ, दुर्घटना मृत्यु लाभ ५० हजार रुपैयाँ र बोनस ३३ हजार ८५० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*