प्राइम लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

३ आश्विन २०७९, सोमबार ११:२७

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बोनसदर यही भदौं ३० गते बीमा समितिबाट स्वीकृत भएको हो । घोषित नयाँ बोनस दर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

आव २०७७।०७८ को वित्तीय विवरणको आधारमा कम्पनीको नयाँ बोनसदर तयार भएको छ । बीमा समितिबाट स्वीकृत भई प्राप्त बोनस दर अनुसार सावधिक जीवन बीमालेखमा नौ वर्षसम्मका पोलिसीले ३५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, १० देखि १४ वर्षसम्मका बीमा पोलिसीहरुले ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका बीमा पोलिसीहरुले ४५ रुपैयाँ र २४ वर्षसम्मका बीमा पोलिसीहरुले ५० रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले ७० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

सावधिक जीवन तथा आजिवन बीमालेख अन्तर्गत नौ वर्षसम्मका पोलिसीले ३६ रुपैयाँ, १० देखि १४ वर्षसम्मका बीमा पोलिसीहरुले ४५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका बीमा पोलिसीहरुले ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका बीमा पोलिसीहरुले ५७ रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले ७५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

प्राइम लाइफका अग्रिम भुक्तानी तथा सावधिक जीवन बीमालेख अन्तर्गतका १० देखि १४ वर्षसम्मका बीमा पोलिसीहरुले ५० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका बीमा पोलिसीहरुले ५८ रुपैयाँ, २० देखि २४ वर्षसम्मका बीमा पोलिसीहरुले ६५ रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले ८० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, प्राइम जीवन उपहार अग्रिम भुक्तानी अन्तर्गतका बीमा पोलिसीहरुले ४२ रुपैयाँ र प्राइम जीवन उपहार सावधिक बीमा पोलिसीहरुले ४० रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले अधिकतम् ८० रुपैयाँको उत्कृष्ट बोनसदर सार्वजनिक गर्न सफल भएको छ । मर्जरमा प्रक्रियामा रहेको कम्पनीले सार्वजनिक गरेको बोनसदर उत्कृष्ट रहेकोसँगै अब कम्पनीको स्वाप रेसियो समेतमा बलियो दावी पुग्ने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*