प्रभु इन्स्योरेन्सकी अध्यक्ष लामालाई सुप्रबल जनसेवाश्री, सिईओ बज्रचार्य र सञ्चालक भट्टचनलाई विभुषण

३ आश्विन २०७९, सोमबार १०:१९

काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष कुसुम लामा, सिईओ संचित बज्रचार्य र सञ्चालक शिक्षा भट्टचनलाई सरकारले सातौं संविधान दिवसको अवसरमा विभिन्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा सुप्रबल जनसेवाश्रीबाट विभुषित हुने भएकी छिन् । सरकारले सातौं संविधान दिवसको अवसर पारेर आज सार्वजनिक गरेको मान पद्वी विभुषण सम्बन्धी सूचिमा प्रभु इन्स्योरेन्स कम्पनीकी अध्यक्ष लामालाई सुप्रबल जनसेवाश्री पदकबाट विभुषित गर्ने निर्णय गरिएको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्रचार्य राष्ट्र यशोवर्दक अलंकारबाट विभुषित हुने भएका छन् । बज्रचार्य लामो समयदेखि बीमा क्षेत्रमा योगदान पुर्याएका व्यक्ति हुन् ।

त्यस्तै प्रभु इन्स्योरेन्सकै सञ्चालक शिक्षा भट्टचनलाई संविधान दिवसको अवसरमा विकास रत्न पदकबाट सम्मानित गर्ने निर्णय गरिएको छ । सरकारले प्रभु इन्स्योरेन्स कम्पनीका तीन जनालाई विभुषण दिने निर्णय गरेको हो ।
माथि उल्लेखित मान पद्वी तथा विभुषणहरु आगामी बैशाखमा कार्यरत गरी वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*