जन्मने बित्तिकै आइएमई लाइफको ‘बाल किरण जीवन बीमा’ पोलिसी उपहार

२ आश्विन २०७९, आईतवार १८:५१

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएको कारण अन्य भौतिक वस्तु भन्दा बीमा पोलिसी उपहार दिने नयाँ प्रचलन बढेको हो ।

यसैबीच सिन्धु्पाल्चोक चौतारा साँगा चोकगढी नगरपालिकाका हाल च्यासल ललितपुर बस्ने दिलिप श्रेष्ठ र उजेली श्रेष्ठले आफ्नो छोरीको नाउमा बीमा पोलिसी उपहार खरिद गरिदिएका छन् । उनीहरुले छोरी जन्मेको केही दिनमै आइएमई लाइफ इन्स्योरेन्सको ‘बाल किरण जीवन बीमा पोलिसी’ उपहार दिएका हुन् ।

दिलिप र उजेलीले भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएको कारण छोरीको बीमा गरिदिएको बताएका छन् । उनीहरुले बनेपा शाखा प्रमुख टिका जंग कार्की, एजेन्सी म्यानेजर हरिकृष्ण श्रेष्ठको उपस्थितिमा आइएमई लाइफ इन्स्योरेन्सले केही महिनाअघि मात्रै ल्याएको ‘बाल किरण जीवन बीमा’ पोलिसी छोरीलाई उपहार दिएका हुन् ।

कम्पनीले ल्याएको बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोग हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*