नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, मंगलबार कतिमा खुल्ला त कारोबार ?

२ आश्विन २०७९, आईतवार १६:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १४.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले सो प्रतिशत बोनस शेयर वितरण प्रयोजनार्थ असोज ४ गते बुकक्लोजको मिति तोकेको थियो । यसर्थ भोलि अर्थात् असोज ३ गते संविधान दिवस सार्वजनिक बिदा परेको कारण आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित बोनस शेयर पाउनेछन् ।

आज शेयरबजार बन्द हुनु भन्दा अघि कायम ५४० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ४७१ रुपैयाँ ६२ पैसा कायम गरेको छ । कम्पनीले सो प्रतिशत लाभांश पारितका लागि असोजन १३ गते साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*