बैंकमा झुम्मिए लगानीकर्ता, आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२ आश्विन २०७९, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले आजदेखि नयाँ ब्रोकर लाइसेन्स र तीनवटा एक्सचेञ्जको लाइसेन्स पनि खुला गरेको छ ।

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स खोलेपछि शेयरबजार बढ्ने संकेत गरेका लगानीकर्ताहरु फेरी निराशा बन्न पुगेका छन् । शेयरबजार उकालो लाग्ने अनुमान गरिएतापनि आज नेप्से परिसूच्क ३३.९७ अंकले घटेर १८७६ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजार घटेसँगै आज एक अर्ब ६० करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको प्रोमोटर शेयरको १९ करोड ५८ लाख माथिको कारोबार भएको छ । साथै एनटिसीको ५ करोड ३४ लाख, नेपाल लाइफको ४ करोड ४५ लाख र रिडी हाइड्रोपावरको ३ करोड ६८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*