बुटवलमा बीमा समितिको दूघर्टना बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

१ आश्विन २०७९, शनिबार १९:२९

काठमाडौं । बुटवलमा बीमा समितिको बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिले बुटवलमा आयोजना गरेको कार्यक्रममा दुर्घटना न्यूनीकरण तथा बीमा सम्बन्धी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको सभापतित्व निप्सका लुम्बिनी प्रदेश अध्यक्ष विश्व दीपक नेपालले गरेका थिए ।

बीमा समितिको उपनिर्देशक विरोध भट्टले सवारी दुर्घटना बीमा सम्बन्धी तेस्रो पक्ष र दुघर्टना बीमा सम्बन्धी प्रस्तुती दिएका थिए । कार्यक्रममा उनले सवारी चालक र पीडित पक्ष बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमा जरुरी रहेको कुरा सपष्ट पारेका थिए । निप्सका लुम्बिनी प्रदेश र लुम्बिनी च्याप्टर सह आयोजक रहेको कार्यक्रम निप्सका सदस्य र लुम्विनी प्रदेशका सुरक्षाकर्मीहरुको सहभागीता उपस्थितीमा रहेको थियो ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड, सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेले सडक दुर्घटनाको अवस्था, जोखिम र सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।बीमा समितिका उपनिर्देशन विरोध भट्ट, समितिका वरिष्ठ सहायक सहायक प्रथम शिव प्रसाद खनाल, प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड, प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड लगायतको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं रुपन्देहीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपनिरिक्षक रविन्द्र रेग्मीले दूघर्टना न्यूनीकरणको लागी खटिने सुरक्षाकर्मी र दुर्घटना भइसकेपछि रक्षावरण गराउन बीमा जरुरी रहेको कार्यक्रममा प्रकाश पारे ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*