५७ अंकले शेयर बजार ओरालो लाग्दा नौ कम्पनीको शेयर मूल्य मात्रै बढ्यो, कुनको कतिले बढ्यो ?
३० भाद्र २०७९, बिहीबार १५:०८
काठमाडौं । नेप्से ५७ अंकले घट्दा १९२४।४८ मा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा आज नौ कम्पनीको शेयर मूल्य मात्र बढेको छ ।
सिटिजन म्युचुअल फण्ड २, मिर्मिरे माईक्रोफाइनान्स, एसबिएल डिभेञ्चर २०८४, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सनराईज ब्लुचिप फण्ड, मेगा म्युचुअल फण्ड १, नबिल डिभेञ्चर ८५, सिद्धार्थ इक्विटी फण्ड र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य बढेको छ।