स्वास्थ्य बीमा बोर्डले करार सेवामा खुलायो रोजगारको अवसर, कहिले सम्म दिन पाइन्छ आवेदन ?

३० भाद्र २०७९, बिहीबार १३:२९

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवाको लागि धेरै संख्यामा रोजगारको अवसर खुलाएको छ । आज एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले विभिन्न तह र पदको लागि २६ जनाको कर्मचारी माग गरेको हो ।

संस्थाले हेल्थ ईकोनोमिक्स नवौ तहमा १ जना, मेडिकल अधिकृत ३ जना, हेल्थ ईकोनोमिक्स आठौ तहमा १ जना, आई टी डेभलपरमा १ जना, चार्टर एकाउन्टेन्टमा १ जना, नर्सिङ अधिकृत (जनरल) मा ७ जना, फामेर्सि अधिकृतका ४ जना, ल्याव टेक्नोलोजिस्टमा १ जना, जनस्वास्थ्य अधिकृतमा ४ जना, स्वास्थ्य शिक्षा अधिकृतमा १ जना, एकच्युरियन अधिकृत पदमा १ जना र सूचना प्रविधि सहायकमा २ जनाका दरले कर्मचारी माग गरेको छ ।

संस्थाको आवेदन फारम लोकसेवा आयोगको जस्तो हुने जनाएको छ । इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ७ दिन भित्र बोर्डको वेवसाइटबाड फारम डाउनलोड गरेर आवश्यक कागजात संकलन गरेर लोकसेवा आयोगले तोके बमोजिमको नगद जम्मा गरी आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*