बीमा विधेयक राष्ट्रिय सभाको बिधायन समितिमा, पुनः दफावार छलफल हुने

२९ भाद्र २०७९, बुधबार ११:५०

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाका पुगेको बीमा विधेयक राष्ट्रियसभाको विधायन समितिमा पुगेको छ । आज बसेको राष्ट्रियसभाको बैठकले बीमा विधेयक २०७५ लाई विधायन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो । अब बीमा विधेयकमाथि दफावार छलफल हुनेछ । यसअघि अर्थमन्त्री जनार्दन शर्माले झुक्किएर बीमा विधेयक पारित भएको स्टाटस पोष्ट गरेका थिए ।

कार्यसूचि अनुसार अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि मन्त्रीले बीमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक विधायन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए । अर्थमन्त्री शर्मा कोरिया भ्रमणमा रहेका छन् । उता, प्रतिनिधिसभाबाट पारित भएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक विधायन समितिमा पठाउने प्रस्ताव पारित भएको छ । दुवै विधेयकको दफावार छलफल हुनेछ ।

प्रतिनिधि सभाको कार्यकाल यही असोज १ गतेबाट समाप्त हुने भएकोले तत्काल बीमा विधेयक पास हुने सम्भावना कम बन्दै गएको छ । राष्ट्रिय सभाको अर्को बैठक भोलि नै अपरान्ह २ बजे बस्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*