बीमा विधेयक राष्ट्रियसभाको बिधायन समितिमा लैजाने प्रस्ताव, तत्काल पास नहुने

२९ भाद्र २०७९, बुधबार ११:०५

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाका पुगेको बीमा विधेयक तत्काल पास नहुने भएको छ । आज बस्ने राष्ट्रियसभाको बैठकले बीमा विधेयक २०७५ लाई विधायन समितिमा पठाउने प्रस्ताव गर्ने कार्यसूचि रहेको छ ।

कार्यसूचि अनुसार अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक विधायन समितिमा पठाउने प्रस्ताव पेश गर्ने भनिए पनि अर्थमन्त्री शर्मा कोरिया भ्रमणमा रहनु भएकोले आज पनि विधायन समितिमा पठाउने प्रस्ताव पेश नहुन सक्नेछ ।

उता, प्रतिनिधि सभाको कार्यकाल यही असोज १ गतेबाट समाप्त हुने भएकोले तत्काल बीमा विधेयक पास हुने सम्भावना टरेको छ । बीमा समितिले बीमा ऐन २०४९ मा कही कतै व्यवस्था नभएको लघुबीमाको लाइसेन्स वितरण गर्न गैर कानुनी प्रस्ताव अघि सारेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*