रियलमीको सबैभन्दा सुपथ मुल्यको ५ जी स्मार्टफोन ‘९आई ५जी’ नेपाली बजारमा

२८ भाद्र २०७९, मंगलवार १२:५५

काठमाडौंँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको 5G स्मार्टफोन रियलमी 9i 5G  लन्च गरेको छ । यो स्मार्टफोनमा 2.4GHz को गतिमा सञ्चालन हुने अक्टा–कोर CPU रहेको छ । यसमा 5G नेटवर्कको5G डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको 5G लाई धेरै भन्दा धेरै उपभोक्तामा पु¥याउनु हो र यसै सिलसिलामा हामीले 9i 5G नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।”

उनले थप भने, “५००० mAH को शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा HD प्राइमरी क्यामरा सहितको ५० एमपिको AI ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल र्याम थप्न मिल्छ । साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ ।” रियलमी 9i 5G भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ ।

Realme 9i 5G श्रृंखला मूल्य र बिक्री मितिः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*