१२ वटा निर्माण व्यवसायी कम्पनी सरकारको कालो सूचीमा, कुन–कुन परे ?

२७ भाद्र २०७९, सोमबार ११:०४

काठमााडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायीलाई ब्ल्याक लिस्टमा राखेको छ । निकायले निर्माण कार्य सम्पन्न गर्न पटकपटक तोकता गरेतापनि यी १२ वटा निर्माण व्यवसायीले समयमै काम पुरा नगरेका कारण कालो सूचीमा राखेको हो ।

कार्यालयले सडक, सहरी विकासको भवन, दग्ध संस्थानलगायतको काम समयमा नगरेका कारण १२ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो । कार्यालयका अनुसार कालोसूचीमा पर्ने व्यवसायीले डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन् ।

कालोसूचीमा पर्ने निर्माण व्यवसायीहरुमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, किसान–रक्ताकाली पावर क्वालिटी जेभी, हर्कदेवी बिल्डर्स र प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी रहेका छन्। यसैगरी पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, लामा बिल्डर्स कम्पनी, च्याङला कन्स्ट्रक्सन र सुन्दरी निर्माण सेवा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*