कोइला अभावबीच प्रतिस्पर्धामा खरो उत्रदै उदयपुर सिमेन्ट

२६ भाद्र २०७९, आईतवार १४:०३

काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको चरम अभावका वाबजुद पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग भने निर्बाध रुपमा संचालनमा रहेको सिइओ गोपी न्यौपानेले बताएका छन् । । अन्तर्राष्ट्रिय रुपमा नै कोइलाको यस्तो अभावको अवस्थामा पनि उद्योगको व्यवस्थापकीय टिमले यताउती गरी उद्योग संचालन गरेका छन् ।

सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने चुनढुंगाबाट क्लिंकर बनाउन कोइलाको प्रयोग भएको हुन्छ । यसको विकल्पमा विद्युतको प्रयोग सम्भव रहँदैन । रुस–युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय रुपमा नै कोइलाको सर्टेज हुँदा उदयपुर सिमेन्टले पनि धमाधम उद्योग संचालन गरिरहेको छ ।

उद्योगका अनुसार पहिलेदेखि नै स्टकमा राखिएको करिब ६ हजार २ सय मेट्रिक टन कोइला जमिनमुनीबाट उत्खनन गरी नयाँ खरिद भएको कोइलामा मिश्रण गरी प्रयोगमा ल्याएर कोइला अभावको समस्या समाधान भएको हो । सामान्यतया एक किलो कोइलाबाट ४ देखि ४.५ किलो क्लिंकर बन्ने गर्छ । सोही अनुरुप उदयपुर सिमेन्ट्सका व्यवस्थापकीय टिमले स्टकमा रहेको कोइलासँग नयाँ खरिद भएको कोइलाको मिश्रण गरी कोइला अभावको समस्या हल गरेको हो ।

क्लिंकर विभागका अनुसार पुरानो र नयाँ कोइलाको मिश्रण गरी क्लिंकर उत्पादन गर्दा मापदण्ड बमोजिम नै उत्पादन भएको छ । यसकारणले गर्दा पनि उदयपुर सिमेन्ट्सले कोइला अभावको वाबजुत पनि उद्योग संचालनमा ल्याउन सफल भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*