गुगलमा समेटियो नेपालको चुच्चे नक्सा, नेपाल–भारतबीच सीमा विवादको विषय अन्तर्राष्ट्रियकरण

२६ भाद्र २०७९, आईतवार १३:५०

काठमाडौं । यसअघि केपी ओली नेतृत्व सरकारको पालामा संसदबाट पास भई नेपालको संविधान २०७२ को अभिन्न अंग बनेको चुच्चे नक्सालाई विश्वकै सबैभन्दा सूचना प्रविधि सम्बन्धी साईट गुगलले समेटिदिएको छ ।

चुच्चे नक्सा जारी गरेकै कारण तत्कालिन सत्ताधारी दल नेकपा (नेकपा) विभाजन भई तीन टुक्रा भइसकेको छ । नेपाल संसदबाट २०७७ साल असार ३१ गते चुच्चे नक्सा पारित गर्दै नेपालको संविधान २०७२ संशोधन गरिएको थियो । चुच्चे नक्सा पारित भए लगत्तै सत्ताधारी नेकपा (नेकपा) भित्र चरम असन्तुष्टि र झगडा सुरु भएको थियो । जसको परिणाम सर्वोच्चबाट एकता गरिएको नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा पार्टीको हैसियत प्रदान गरेपछि पुःन एक हुन सकेका थिएनन भने माधव नेपालले पार्टी फुटाएका थिए ।

आसन्न आम निर्वाचनको तयारी हुँदै गर्दा विश्वभरको नक्सा संग्रह गरेको गुगले नेपालको चुच्चे नक्सालाई विवादित नक्साको रुपमा समावेश गरेको छ । गुगलमै चुच्चे नक्सा आउन थालेपछि राष्ट्रवादीहरु खुश व्यक्त गरेका छन् । ओली निकट संस्कृतिकर्मी तथा लेखक आरसी न्यौपानेले चुच्चे नक्सा गुगलमा समावेश हुनु राष्ट्रको लागि ऐतिहासिक उपलब्धी भएको प्रतिक्रिया दिए । ‘नेपालको भुभाग हो, भारतको बल मिच्याई छ, सत्ताधारीहरु कमजोर छन्, भारतको इसारामा चल्छन् । सुगौली सन्धीले हडपेका भुभागहरु पूर्वमा टिष्टा, दक्षिणमा गंगा नदी र उत्तरमा मान सरोवर, पश्चिममा काँकडासम्मको भूभाग फिर्ता गर्ने अभियान चलाउनुपर्छ ।’

नेपाल र भारतबीच पहिलो पटक औपचारिक रुपमा सीमा विवाद रहेको कुरा अन्तर्राष्ट्रियकरण भएको छ । यसअघि भारत–नेपालबीचमा सीमा विवाद रहेको थिएन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*