दुई कम्पनीले आईपीओ निष्काशनका गर्दै, सेबोनसँग मागे अनुमति

२४ भाद्र २०७९, शुक्रबार १५:५३

काठमाण्डौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्।सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख ८८ हजार कित्ता र माईखोलाले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ बिक्री गर्ने भएका छन् ।

यी दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*