मकवानपुर क्षेत्र नं १ मा एकीकृत समाजवादीको तर्फबाट गौतमको नाम सिफारिस

२३ भाद्र २०७९, बिहीबार ०८:३७

काठमाडौं । एकीकृत समाजवादी पार्टीले मकवानपुर क्षेत्र नं १ बाट संघीय संसदको प्रत्यक्ष निर्वाचनमा पार्टी केन्द्रीय सदस्य घन प्रसाद गौतमलाई सिफारिस गरेको छ । पार्टीको जिल्ला, प्रदेश कमिटीबाट मकवानपुर क्षेत्र नं १ मा गौतमको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हाे ।

राप्रपाका नेता कमल थापा, नेपाली कांग्रेसकी नेतृ डिना उपाध्याय र इन्द्र बाँनिया तथा एमालेका सांसद कृष्ण प्रसाद दाहाल जस्ता हेवीवेट नेताहरु भएको मकवानपुर क्षेत्र नं १ मा एकीकृत समाजवादीको तर्फबाट गौतमको नाम सिफारिस भएको छ ।

२०३८ सालमा विद्यार्थी आन्दोलन हुँदै नेपालको राजनीतिमा छिरेका घन प्रसाद गौतम एकीकृत समाजवादीका कानुन फाँटका इन्चार्ज समेत हुन् । २०४८ सालको स्ववियु निर्वाचनमा नेपाल ल क्याम्पसमा अध्यक्ष पदका प्रत्यासी बनेका गौतम मकवानपुरका प्रभावशाली नेता मानिन्छन् । अधिवक्ता गौतमको क्षेत्र नंं १ मा राम्र्रो प्रभाव रहेकोले यस पटक टिकट लिएर उम्मेदवार बन्ने प्रयास भइरहेको नेता गौतमले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*