स्थानीय तहको सञ्चित कोष खातामा रहेको वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने समय थप
काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने समय थप भएको छ। कम्पनीले ६ महिना अवधि थप गर्ने भएको अर्थमन्त्रालयको स्रोतले जनाएको छ।
अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था पुससम्म थपेको हो । आउँदो पुस मसान्तसम्मका लागि उक्त व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको अर्थमन्त्रालयलदे जनाएको छ।
यसअघि अर्थ मन्त्रालयले असार मसान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो । त्यसबारेमा थप निर्णय गर्न ढिलाइ गरिँदा साउन १ देखि हालसम्म वाणिज्य बैंकहरुले सञ्चित कोषको ५० प्रतिशत रकम मात्र निक्षेपमा गणना गर्नु परेको थियो ।उक्त व्यवस्था निरन्तरता नहुँदा वित्तीय प्रणालीबाट करिब ४५ देखि ५० अर्ब निक्षेपमा कमी आएको गुनासो बैंकहरुले गरेका थिए ।
सो व्यवस्था कार्यान्वयनका लागि मन्त्रालयले मंगलबार नै राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्थाको निरन्तरताका लागि बैंकरहरुले असार तेस्रो सातादेखि नै अर्थ मन्त्रालयलाई आग्रह गरेका थिए ।