अन्ततः नायक पल शाहले पाए बलात्कार मुद्दामा सफाई, गायिक अधिकारीले पाइन १० लाख क्षतिपूर्ति

२१ भाद्र २०७९, मंगलवार २०:३९

काठमाडौं । बहुर्चिर्चत नायक पल शाह काण्डमा आज जिल्ला अदालत नवलपुरले फैसला सुनाएको छ । लामो समयदेखि चल्दै आएको मुद्दामा नायक पल शाहलाई बलात्कार अभियोगमा सफाई दिएको छ भने बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा दुई वर्ष सजाय सुनाएको छ ।जिल्ला अदालत नवलपुरका न्यायाधिश यज्ञ प्रसाद आचार्यको इजलाशले नायक पल शाहलाई बलात्कार मुद्दामा सफाई दिने फैसला गरेको हो । यससँगै नायक शाहमाथि लगाइको आरोप औपचारिक रुपमा टुंगिएको छ ।

यद्यपि इजलाशले नायक शाहलाई बाल यौन दुरुपयोगको आरोपमा दुई वर्ष कैद र २५ हजार रुपैयाँ जरिवना तथा पीडित भनिएको गायिका समीक्षा अधिकारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लाल बहादुर क्षेत्रीलाई उध्रित गर्दै प्राप्त समाचारमा दुई वर्ष अवधी पुरा भएपछि २०८० साल फागुन १४ गते नायक पल शाह सो मुद्दाबाट रिहा हुनेछन् । सो अवधीभित्रमा गायिक अधिकारीलाई १० लाख रुपैयाँ रकम भराउनु पर्नेछ भने २५ हजार रुपैयाँ जरिवना बापतको रकम अदालतमा दाखिला गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*