कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको हो : सांसद दाहाल

२१ भाद्र २०७९, मंगलवार १४:४२

काठमाडौं ।नेकपा एमालेका सांसद कृष्ण प्रसाद दाहालले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको बताएका छन् ।आज भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दाहालले भएको स्टक एक्सचेन्जलाई सक्षम नबनाई किन नयाँ ल्याउन लागेको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

‘अहिले भइरहेको स्टक एक्सचेन्ज सक्षम बनाउनुपर्ने ठाउँमा सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको छ’, उनले भने, ‘नयाँ स्टक एक्सचेन्जले पूँजी बजारको विकास र उन्नतिमा बाधा पुर्‍याउँछ । हाल भएको स्टक एक्सचेन्जलाई सक्षम र सुदृद बनाउन आधुनिकीकरण गरिनुपर्छ ।’

सांसद दाहालले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्नसमेत माग गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*