हिमालयन एभरेष्ट इन्स्योरेन्सले निःशुल्क निर्जिवन बीमा अभिकर्ताको तालिम दिने
२१ भाद्र २०७९, मंगलवार १०:४९
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले यहि भदौ २८ गतदेखि भदौ ३० गतेसम्म तीन दिने तालिम प्रदान गर्ने भएको हो ।
कम्पनीले भर्चुअल माध्यमबाट, बीमा व्यवसाय अभिबृद्धि गर्न अर्थात् स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यकासाथ, निर्जिवन बीमा अभिकर्ताको आधारभूत तालिम निःशुल्क रुपमा संचालन गर्न लागेको हो ।
उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिले भदौ २७ गतेसम्ममा कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा सम्पक गर्न सक्नेछन् । कम्पनीका अनुसार तालिम केन्द्रीय कार्यालयमा नै संचालन हुनेछ ।