नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने, १० प्रतिशत अनिवार्य प्रावधान हट्ने
काठमाडौं । नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने भएका छन् । बीमा कम्पनीहरुले लघुबीमा व्यवसायलाई विस्तारमा ध्यान नदिएको भन्दै समितिले नयाँ लघुबीमा कम्पनी स्थापना प्रकृया अघि बढाएको समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।
उनले भने कैयौं बर्षदेखि विद्यमान बीमा कम्पनीहरुलाई सम्रग व्यवसायको १० प्रतिशत व्यवसाय लघुबीमा हुनुपर्यो भन्दै लक्ष्य दिँदा यस्तो व्यवसायमा खर्च बढी हुने भन्दै कम्पनीहरु जान नमानेको कारण बाध्य भएर लघुबीमा कम्पनीलाई लाईसेन्स दिन लागको बताए । ‘नयाँ लघुबीमा कम्पनी आएपनि पुराना कम्पनीहरुले लघुबीमालाई निरन्तरता दिन पाउने छन् ।’ उनले भने ।
समितिका अनुसार नयाँ लघु बीमा कम्पनी आएपनि अहिलेका विधमान बीमा कम्पनीहरुले लघुबीमा गर्न पाउनेछन् । तर अब भने लघुबीमा कम्पनीको स्थापनासँगै कम्पनीले जम्मा व्यवसायको १० प्रतिशत लघुबीमा गनैपर्ने लक्ष्य भने नहुने व्यवस्था लागु हुनेछ ।
गत आर्थिक बर्षको बजेटमा बीमाको पहुँचमा रहेको जनसङख्यामा लघुबीमाको हिस्सा १० प्रतिशत पुराउनुपर्ने लक्ष्य तोकिएको थियो । तर उक्त लक्ष्य भने पूरा हुन नसकेको बीमा समिति बताँउछन् ।
सरकारले बीमा हिस्सा न्यून भएको कारण दुर्गम पिछडिएका र न्यून आय भएका वर्गमा बीमाको पहुँच पुराउने उद्येश्यले चालु आर्थिक बर्षको बजेटमा लघुबीमा कम्पनीका स्थापना गर्ने उल्लेख गरेको छ ।
बजेटको प्रावधालाई कार्यान्वयन गर्न समितिले दुई साताअघि लघुबीमा स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ। न्यून आय तथा पिछडिएका सीमान्तकृत वर्गको जीवन तथा सम्पत्तिको जोखिम विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने उद्येश्यले समितिले काठमाडौं उपत्यका बाहिर लघुबीमाको कार्यालय रह्ने गरिसातवटा प्रदेशमा एक–एकवटा लघुबीमा स्थापना गर्न सूचना प्रकाशन गरिसकेको छ । समितिले ३५ दिनभित्र प्रस्ताव पेश गर्न समेत आग्रह गरेको छ।