खप्तड लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदै, कतिको हात खाली होला ?

१९ भाद्र २०७९, आईतवार १८:४४

काठमाडौं । खप्तड लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि कम्पनीको कार्यालय कमलादी काठमाडौंमा सोमबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता, खप्तडको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । १२ हजार ३४० जनाले मात्र यसको सेयर हात पार्नेछन् । यसमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए ।

खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ५५ अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०।५५ अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*