कुथेली बखरी स्मल हाइड्रोपावरको साधारणसभा असोज ८ गते

१९ भाद्र २०७९, आईतवार १०:४०

काठमाडौं । कुथेली बखरी स्मल हाइड्रोपावरको एघारौं वार्षिक साधारणसभा असोज ८ गते आह्वान गरेको छ । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सो सभा जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघर, साझा पेट्रोल पम्प नजिकै दिउँसो २ बजे हुनेछ ।

उक्त सभामा कम्पनीले संचालक समितिको प्रस्ताव बमोजिम ८ दशमलव ५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने, आर्थिक वर्ष २०७७ र ७८ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*